७० वर्ष माथिका बृद्धबृद्धालाई १ लाख रुपैयाँको बिमा

0
283
yubaraj-kgatiwada.namunanews.com

सरकारले सामाजिक सुरक्षा भत्ता अन्तर्गत दिइंदै आएको बृद्धभत्ता बृद्धि गरेन । जसले गर्दा अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै गर्दा बृद्धभत्ता वृद्धि नगरी ७० वर्ष माथिका बृद्धबृद्धालाई १ लाख रुपैयाँको बिमा गरिने जानकारी दिनुभयो ।

सरकारले सन्तानले आफ्ना अभिभावकलाई अनिवार्य रुपमा हेरचाह गर्ने कानूनी व्यवस्था गर्ने भएको छ । दोहोरो सामाजिक सुरक्षा भत्तामा भने रोक लगाइएको छ । कम्युनिस्ट गठबन्धनले चुनावमा जारी गरेको घोषणापत्रमा बृद्धभत्ता ५ हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता जनाएको थियो ।