12 वर्षपछि इतिहास फर्काउँदै तुलसिपुर बासी

0
266
namunanews.com

२०६२-६३ को जनआन्दोलनको क्रममा तत्कालीन माओवादी कार्यकर्ताहरुले तुलसिपुर बजारमा अवस्थित राजा वीरेन्द्रको शालिकमाथि तोडफोड गरी हटाएका थिए । सो सालिकलाई हटाए तापनि त्यस ठाउँलाई अहिलेपनि बिरेन्द्रचोकको रुपमा चिनिने गरिन्छ ।

इतिहास मेटाएर मेटिंदैन भनेझैं त्यस ठाउँमा राजा वीरेन्द्रको शालिक पुनः राख्ने योजना भइरहेको तुलसीपुर उपमहानगरपालिका -५का वडा अध्यक्ष बिरेन्द्र शाहले जानकारी दिनुभएको छ । उहाँ भन्नुहुन्छ त्यस्ता कुख्यात तानाशाह हिटलरको चर्चा अहिलेसम्म विश्वमा भइरहेको छ साथै उहाँको सालिकहरू बनिरहेका र संरक्षणमा रहिरहेका छन् भने हाम्रा राजा वीरेन्द्रले जनताको लागि के नराम्रो काम गरेका थिए । इतिहासलाई कहिल्यैपनि बदलेर बदलिँदैन जब ईतिहास बदल्न खोजिन्छ तब त्यो इतिहास ताजा रहिरहन्छ । इतिहास कहिल्यै मेटाएर तोडफोड गरेर बिलिन हुँदैन भन्दै अध्यक्ष शाहले बनाउन नसक्नेले बिगार्न पनि नहुने बताउनुभयो ।

सालिग राख्ने सन्दर्भमा पुरानो सालिक नै मर्मत गरी राख्ने कि नयाँ बनाउने भन्ने विषयमा छलफल भइरहेको तुलसीपुर ५नं वडा कार्यालयले जानकारी दिएको छ ।