सत्ता समीकरणका निम्ति दौडादौड शुरु

अत्रिदेव खबर,२५फागुन
काठमाण्डौ ः प्रतिनिधिसभा पुनर्स्थापनापछि शुरु भएको नयाँ सत्ता समिकरणको खेल नेकपा खारेज भएसँगै अझै तीव्र गतिमा अगाडि बढेको छ । भावी सत्ता समिकरणलाई लिएर दलहरुबीचको छलफल र दौडधुप बाक्लिएको छ।

आज यसै विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको माओवादी केन्द्रले प्रतिपक्षी कांग्रेस र जसपासंग वार्ता गर्ने औपचारिक निर्णय गरिसकेको छ। स्थायी कमिटी बैठकलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुग्नुभएको थियो।

देउवालाई भेटेर निस्किनुभएका अध्यक्ष प्रचण्ड त्यहाँबाट सिधै टोखास्थित जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको निवास पुग्नुभएको छ। दुवै भेटघाटमा पछिल्लो राजनीतिक परिस्थिति र सरकार गठनमा कसरी जाने भन्नेबारे कुराकानी भएको बताइएको छ।

यता, प्रधानमन्त्री ओलीले पनि आफ्नो सरकार टिकाउन जसपालाई जसरी पनि मनाउने गरी तयारी थाल्नुभएको छ। जसका लागि वार्ता टोली नै बनाएर छलफल शुरु भैसकेको बताइन्छ। जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरुलाई थाहै नदिई प्रधानमन्त्री ओलीसंग सत्ता सहकार्यको सहमति गरेपछि त्यहाँ भाडभैलो शुरु भएको छ ।

अध्यक्ष ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री ओलीसंग वार्ता गर्नका लागि कार्यदल नै बनाएर लागेपछि अर्को पक्ष आक्रोशित बनेको हो । ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का रुपमा केपी ओली सरकारलाई समर्थन गर्दै भोलि उपसभामुख र अन्य केही महत्वपूर्ण मन्त्रालयको भाग लिएर सत्ता साझेदारी गर्ने निर्णय गरेपछि जसपा विभाजनमा पुगेको बताइन्छ ।

By Namuna News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.