डोटीमा भाइरल ज्वरोका बिरामी बढे

बिमल बिष्ट डोटी: देश कोरोना भाइरसले आक्रान्त भएको बेला डोटीको पूर्वीचौँकी गाउँपालिकामा भने भाइरल ज्वरोका बिरामीहरू बढेका छन्।

टाउको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणका भाइरल ज्वरोका बिरामी गाउँमा प्रशस्त देखिन थालेका छन्। गाउँपालिकाका प्रायः सबै वडामा भाइरल ज्वरोका बिरामी बढेपछि समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन्। भाइरल ज्वरोका कारण नागरिक थलापरेको स्थानीय चक्रबहादुर कठायतले बताए। उनले भने, “भाइरल ज्वरोले नागरिक थला परेका छन्, उपचार गर्न जान सकिने अवस्था छैन।”

गाउँमा ज्वरो भाइरल रूपमा फैलिन थालेपछि कोरोना पो हो कि भन्ने चिन्ता थपिएको बृजबहादुर खड्काले बताए। उनले भने, “पालिकाभर केही दिनदेखि भाइरल ज्वरो तथा रुघाखोकीका बिरामी बढ्दै गएका छन्, उपचार पनि छैन र कोरोना परीक्षणसमेत नगर्दा हामीलाई चिन्ता हुन थालेको छ।”

यहाँका स्वास्थ्य संस्थामा दैनिक जसो टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणका बिरामी आउने गरेको पूर्वीचौँकी गाउँपालिका–२ का स्वास्थ प्रमुख भक्त ओलीले बताए। उनले भने, “भाइरल ज्वरोका दैनिक बिरामी स्वास्थ्य संस्था आउन थालेका छन्, हामीसँग कोरोना परीक्षण गर्ने उपकरण छैन, सामान्य ज्वरोको औषधी दिएर र जाँच गर्दा बिरामी निको हुँदैन।”

कोरनासँग मिल्दोजुल्दो खालको लक्षणका बिरामी दिनहुँ यहाँका स्वास्थ संस्थामा उपचारका लागि आउने गरे पनि कोरोना परीक्षण गर्ने किट नभएका कारण आजसम्म परीक्षण गर्न नसकेको गाउँपालिकाका स्वास्थ्य प्रमुख राम पाठकले बताए।

By Namuna News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.