टिनले छाएको घरमा बस्न पाउँदा मख्ख छन आउजी दम्पती

अत्रीदेव खबर/साउन ३०
कैलालीको घोडाघोडी नगरपालिका-४ रामपुरको नदि किनारमा त्रीपालमुनी बास बस्दै आएका गिरि आउजीका दम्पती अहिले टिनले छाएको पक्की घरमा बस्न पाएपछी दंग छन ।
आउजी दम्पतीको  नया टिनले छाएको घर   भएको घर जग्गा नदिले बगाएर घरबार बिहिन भएका रामपुरका आउजीलाई एन आर एन स्विजरल्याण्डका अध्यक्ष शुभा एल्मर लामाको पहलमा स्विस नागरिक पिटर गुटर्हेजले आफ्नी दिंबगत श्रीमती उर्सुला गुटर्हेजको सम्झनामा बनाइदिए पछि आउजी दम्पतिमा खुशियाली छाएको हो ।
आउजी  दम्पतीको त्रीपालको पुरानो  घर आउजी दम्पतिका लागि निर्माण गरिएको टिनले छाएको चिनाइवाला घरमा २ कोठा १ भान्सा १ बरण्डा र १ सौचालय बनाइएको छ । आइतबार घर निर्माणमा सक्रीय सहयोग नेपालका अध्यक्ष प्रकाश मिश्रको उपस्थितिमा घोडाघोडि नगरपालिकस्को न्यायिक समिती सदस्य पुजा न्यौपानेले हस्तान्तरण गर्नुभएपछि आफुहरुको पक्की घरमा बस्न पाउने कुरा कल्पना बाहिरको कुरा रहेको तर आज त्योपनी पूरा भएको गिरि आउजिले बताउनुभयो ।
त्रीपालले बनेको आउजीको पुरानो  घरमा अवस्था बुझ्दै सहयोग नेपालका अध्यक्ष प्रकाश मिश्र 
हामिजस्ता गरिबका बारेमा सोचेर हाम्रा लागि घर निर्माण गरिदिने स्विस नागरिक पिटर गुटर्हेज र पहल गर्नुहुने शुभा एल्मर लामा आफुहरुका लागि देउता बनेर आएको बताउदै आउजिले यो सहयोग आफू मरेर गए मात्र भुल्ने नत्र सधै याद आइरहने बताउनुभयो ।

By Namuna News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.