काठमाडौंमा थुप्रिएको फोहर आजदेखि उठ्ने

झण्डै एक महिना देखि काठमाडौंमा थुप्रिएको फोहर आजदेखि उठ्ने भएको छ। नुवाकोटको सिसडोलमा वर्षाले फोहर फाल्न समस्या भएपछि काठमाडौंका सडकमा थुप्रिएको फोहरको डंगुर आजदेखि उठ्न लागेको हो। वर्षाले मात्रै नभएर स्थानीयले फोहर विसर्जनमा अवरोध गरेका कारण काठमाडौंको फोहर व्यवस्थापनमा समस्या हुँदै आएको थियो।

हिजो काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट (नुवाकोटको सिसडोल)का स्थानीयबीच एक सम्झौता भएपछि फोहर व्यवस्थापनका सन्दर्भमा देखिएको अवरोध हट्ने भएको हो। मंगलबार काठमाडौं महानगरपालिकाको वातावरण विभाग र सिसडोलका स्थानीयबीच ९ बुँदे सहमति भएको हो।

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुमार श्रेष्ठ, सिसडोल इञ्चार्ज सरकारदीप श्रेष्ठ, महानगरीय प्रहरी बृत्त बालाजुका इञ्चार्ज डीएसपी निर्मल बुढाथोकी र नुवाकोटको ककनी  गाउँपालिका–१ का वडाध्यक्ष चन्द्र बहादुर श्रेष्ठ बलामी समेतबीच ९ बुँदे सहमति भएको हो।

स्थानीय र महानगरपालिकाबीच तीनपिप्ले–सिसडोल सडक तत्काल (१५) दिनभित्र ग्राभेल गर्ने र कालोपत्रेका लागि लगत्तै टेण्डर प्रक्रियामा जाने, फोहोर ढुवानी गाडीहरुको लिचेड बक्सको व्यवस्था गर्ने तथा तीनपिप्ले–सिसडोल सडक खण्डमा पार्किङ गर्न र ओभरलोड ढुवानी गर्न नपाउने सम्झौता भएको छ।

By Namuna News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.