सुर्खेतमा कांग्रेस र एमालेले प्रचारमा प्रयोग गर्ने दुई वटा गाडीमा अज्ञात समूहद्वारा आगजनी

 

सुर्खेतमा दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको छ।

 

वीरेन्द्रनगर–६ मा पर्ने मुख्य राजमार्गमा रोकि राखेका दुई वटा गाडीमा अज्ञात समूहले गएराती आगजनी गरेका हुन्।

जुम्ला रोडस्थित सत्कार होटल अगाडि रोकेर राखेको बा १४ च ६८३१ नम्बरको स्कर्पियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२-००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार स्कार्पियो नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो भने मिनी बस नेकपा एमालेले प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो।

२ बजे स्कार्पियो र साढे २ बजे मिनीबसमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ।

 

नजिकै पर्ने मंगलगढी चोकमा ड्युटी बसेको प्रहरीले आगलागी भएको खबर गरेपछि नगर प्रहरी आएर आगो नियन्त्रणमा लिएको थियो।

 

आगलागीबाट स्कर्पियोको टायर र बाहिरी बडीमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति भएको कर्णाली प्रदेश प्रहरीले कार्यालयले जनाएको छ।

 

घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय सुर्खेतले गरिरहेको छ।

 

 

By Namuna News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.