बझाङमा १४ वर्षीया किशोरी बलात्कृत

बझाङमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।उनलाई बलात्कार गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका–५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित मौरी खोला जलविद्युत आयोजना पावर हाउसको भवनमा ती किशोरीलाई धामीले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

By Namuna News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.