हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीको उम्मेदवार एमालेभन्दा १९ मतले अघि

हेटौँडा उपमहानगरपालिकामा सत्तागठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मेयर उम्मेदवार मीना लामाले अग्रता कायमै राखेकी छन्।

 

दुई हजार ५० मत गणना गर्दा अहिलेसम्म उनले ६१९ मत ल्याएकी छन्।

यहाँ नेकपा एमालेका तर्फबाट मेयर उम्मेदवार अनन्त पौडेलले ६०० मत र राप्रपाका दीपकबहादुर सिंहले ५७० मत प्राप्त गरेका छन्।

 

त्यसैगरी उपप्रमुखमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाँले ९०३ मत, एमालेका सुमित्रा काफ्लेले ७२४ मत र राप्रपाकी इन्दिरा न्यौपानेले १५४ मत प्राप्त गरेका छन्।

By Namuna News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.