वडाध्यक्षमा भतिजले हराए गठबन्धनबाट चुनाव लडेका काकालाई

दाङको तुलसीपुरको एउटा वडाध्यक्षमा भतिजले आफ्नै काकालाई हराएर विजयउत्सव मनाएका छन्।

 

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ मा नेकपा एमालेका उम्मेदवार वीरबहादुर बिकले आफ्नो काका नेकपा एकीकृत समाजवादीका मंगल नेपालीलाई वडाध्यक्षमा हराएका हुन्।

बिकको यो दोस्रो कार्यकाल हो। एमालेले सुरूमा उम्मेदवारी टुंगो लगाइसकेको थियो । पछि गठबन्धनले पनि नेपालीलाई उम्मेदवार बनाएपछि काका भतिजा आमने-सामने भएका हुन्।

 

‘एमालेले पहिलै मलाई उम्मेदवार बनाइसकेको थियो,’ बिकले सेतोपाटीसँग भने, ‘पछि गठबन्धनबाट काका उम्मेदवार बनेपछि काका-भतिजा लड्नुपर्ने अवस्था आइ लागेको हो।’

बिकले १९७७ मत प्राप्त गर्दा नेपालीले १५३५ मत प्राप्त गरे।

यहाँ खुल्ला महिला सदस्यमा एमालेबाट शान्ता राना १९०९ मत ल्याएर विजयी भइन्। यस्तै दलित महिला सदस्यमा दिलमाया नेपालीले १८४४ मत ल्याएर विजयी भइन्।

 

खुल्ला पुरूष सदस्यमा पनि एमालेकै कर्णबहादुर बुढाले १७३५ मत प्राप्त गरि विजयी भए। गठबन्धनबाट नेपाली कांग्रेसका राजेन्द्र गुरूङ खुल्ला पुरुष सदस्यमा १७५० मत पाप्त गरि विजयी भएका छन्।

By Namuna News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.