अध्यक्ष र सचिवको जन्मदिनमा मणिमुकुन्द युथको निःशुल्क स्वास्थ्य शिविर

बुटवल,१५ भाद्र । लियो क्लब अफ बुटवल मणिमुकुन्द युथको आयोजनामा क्लबका अध्यक्ष रबिन सुनार र सचिव सुरेश पोखरेलको जन्मदिनको अवसर पारेर १ दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार कपिलवस्तुको बुद्धभुमी नगरपालिका -४ मा रहेको भृकुटी माध्यामिक विद्यालयमा सम्पन्न शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत डाक्टरहरु बाट ४०० भन्दा बढी सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो भने निःशुल्क ल्याब परीक्षण र औषधि समेत वितरण गरिएको थियो ।

कार्यक्रममा बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने विशिष्ट अतिथिमा सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूडामणि पन्थी का साथै लियो जिल्ला परिषद ३२५ पी नेपाल अन्तर्गतको एरिया १ का एरिया चिफ सुनिल कुँवर लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लगायतका वक्ताहरुले बुटवल बाट विशेषज्ञ सहितको टोली ल्याई कपिलबस्तुमा कार्यक्रम आयोजना गरेकोमा क्लबलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता खालका कार्यक्रम गर्न आव्हान गरेका थिए । त्यसैगरी नगर प्रमुख श्रेष्ठले यस्ता खालका सामाजिक कार्यको लागि आवश्यक परेको खण्डमा नगरपालिका र आफू व्यक्तिगत रूपले सहयोग गर्न तत्पर रहेको बताएका थिए ।
कार्यक्रममा डाक्टर लगायतको आयोजक टोलीलाई सम्मान समेत गरिएको थियो ।

By Namuna News

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.